निर्वाचन प्रहरी भर्ना आवेदनको म्याद दुई दिन थप

दिनेश जोशी
११ माघ २०८२ ४:२३
निर्वाचन प्रहरी भर्ना आवेदनको म्याद दुई दिन थप

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नासम्बन्धी दरखास्त आवेदनको म्याद दुई दिन थप गरिएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल (एकीकृत) सम्बन्धी कार्यविधि–२०५९ अनुसार निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको हो। यसअघि प्रकाशित सूचनाअनुसार तोकिएको समयभित्र आवेदन दिन नसकेकाहरूलाई अवसर दिन म्याद थप गरिएको जनाइएको छ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय निर्वाचन सेल, नक्साल काठमाडौंको निर्देशनअनुसार अब इच्छुक उम्मेदवारहरूले माघ १० र ११ गते जिल्ला प्रशासन कार्यालय डोटीमा दरखास्त आवेदन दिन सक्नेछन्।
जिल्ला प्रहरी कार्यालय डोटीले आवश्यक कागजातसहित तोकिएको मितिभित्र आवेदन दिन सबै इच्छुकहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *