
दिपायल- डोटी उद्योग वाणिज्य संघको आयोजनामा दिपायल, डोटीमा सञ्चालन हुने डोटी महोत्सवका अवसरमा गीत, संगीत, कला तथा सृजनात्मक प्रस्तुति दिन इच्छुक स्रष्टा तथा कलाकारहरूलाई नाम दर्ता गर्न आह्वान गरिएको छ।
संघले जारी गरेको सूचनाअनुसार महोत्सवमा विभिन्न विधाका कला तथा सृजनात्मक प्रस्तुति समावेश गरिने भएकाले इच्छुक महानुभावहरूले २०८२ फागुन १ गतेदेखि २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्नेछ।
नाम दर्ता नगराएका कलाकार तथा स्रष्टाहरूलाई महोत्सवमा प्रस्तुति दिन समय दिन नसकिने उद्योग वाणिज्य संघले स्पष्ट पारेको छ। महोत्सवलाई व्यवस्थित र स्तरीय बनाउन पूर्वतयारीस्वरूप नाम दर्ता प्रक्रिया अघि बढाइएको संघको भनाइ छ।
डोटी उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम साउँदले स्थानीय कला, संस्कृति र सृजनालाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउँदै समयमै नाम दर्ता गराउन कलाकार तथा स्रष्टाहरूलाई आग्रह गर्नुभएको छ।




प्रतिक्रिया