डोटीमा उम्मेदवार मनोनयनका लागि समय तालिका सार्वजनिक

दिनेश जोशी
७ माघ २०८२ ३:५०
डोटीमा उम्मेदवार मनोनयनका लागि समय तालिका सार्वजनिक

डोटी- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत डोटी निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारको मनोनयन दर्ताका लागि समय तालिका सार्वजनिक गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले सोमबार सूचना जारी गर्दै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै राजनीतिक दलहरूको सहमति र समन्वयमा मनोनयन दर्ता गरिने जनाएको छ। जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले उम्मेदवार मनोनयनका लागि दलअनुसार फरक–फरक समय तोकेको हो।
सूचना अनुसार बुधबार बिहान १० बजेबाट स्वतन्त्र उम्मेदवार तथा अन्य दलका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन्। त्यसैगरी बिहान ११ बजे नेपाली कम्युनिष्ट पार्टी, ११:३० बजे नेपाल मजदुर किसान पार्टीले मनोनयन दर्ता गर्ने समय तोकिएको छ।
यस्तै दिउँसो १ बजे राष्ट्रिय जनमोर्चा, १:१५ बजे राष्ट्रिय प्रजातन्त्र पार्टी, १:३० बजे नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी), २ बजे राष्ट्रिय स्वतन्त्र पार्टी, ३ बजे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र ४ बजे नेपाली कांग्रेसले उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। तोकिएको समयमै सम्बन्धित सबै पक्षलाई उपस्थित भई मनोनयन प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *