पिपल्ला–कुलपाते सडकखण्ड छ दिन आंशिक रूपमा बन्द

पाँजलो न्युज
५ माघ २०८२ ५:२१
पिपल्ला–कुलपाते सडकखण्ड छ दिन आंशिक रूपमा बन्द

डोटी — डोटीको केआई सिंह राजमार्गअन्तर्गत दिपायल सिलगढी नगरपालिका–४ स्थित पिपल्ला बजार–कुलपाते सडकखण्ड छ दिन आंशिक रूपमा बन्द हुने भएको छ। सडक मर्मत तथा मोड सुधारको काम भइरहेकाले माघ ७ गतेदेखि १२ गतेसम्म निश्चित समयमा सवारी आवागमन रोक लगाइने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।
प्रशासनका अनुसार बिहान ५ बजेदेखि ८ बजेसम्म तथा साँझ ६ः३० बजेदेखि ९ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहनेछ। बाँकी समयमा भने सवारी साधन सञ्चालन गर्न सकिनेछ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोजबहादुर ऐडीद्वारा जारी सूचनामा सडक सुधार कार्यलाई सुरक्षित, व्यवस्थित र छिटो सम्पन्न गर्न तथा सडक प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै अस्थायी रूपमा सवारी आवागमनमा रोक लगाइएको उल्लेख छ।
यो निर्णय गत माघ २ र ३ गते सुरक्षा निकायसहित सरोकारवाला निकायहरूको संयुक्त बैठकबाट गरिएको प्रशासनले जनाएको छ। प्रशासनले तोकिएको अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न तथा सहयोग गर्न सबै सरोकारवालासँग आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *