डाेटीमा ईभि गाडी खस्दा  एकको मृत्यु, १८ घाइते

पाँजलो न्युज
२५ असोज २०८२ २:५०

डाेटी– जोरायल गाउँपालिका–१ गोल्डेनस्थित भिमदत्त राजमार्गमा सनिबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सनिबार बिहान करिब ५:३५ बजे अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३९५६ नम्बरको ईभी हाईस गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।
दुर्घटनामा अछाम मङ्गलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
गाडी चालक र अन्य १८ जना यात्रुहरू घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घाइतेहरूको विवरण यस प्रकार छः
१. देब बहादुर थापा (३८ वर्ष) — धनगढी उपमहानगरपालिका–१२, कैलाली; चालक, शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
२. लोकेन्द्र रावल (१८ वर्ष) — मङ्गलसेन नगरपालिका–९, अछाम; टाउको र शरीरमा चोट, अवस्था गम्भीर।
३. मेघ्या ढोली (४२ वर्ष) — अछाम; शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
४. एकेन्द्र बि.क. (१६ वर्ष) — अछाम; शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर।
५. मोतिकला परियार (३५ वर्ष) — अछाम; शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर।
६. बिराज परियार (११ वर्ष) — अछाम; टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर।
७. भिम बहादुर ढोली (५३ वर्ष) — अछाम; टाउको र शरीरमा चोट, अवस्था गम्भीर।
८. शृष्टी परियार (११ वर्ष) — अछाम; टाउको र शरीरमा चोट, अवस्था गम्भीर।
९. आहाना परियार (५ वर्ष) — अछाम; शरीरमा सामान्य चोट।
१०. एलिसा परियार (५ वर्ष) — अछाम; शरीरमा सामान्य चोट।
११. पदमा परियार (५० वर्ष) — अछाम; शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
१२. रिया परियार (५ वर्ष) — अछाम; शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
१३. बिनोद परियार (१९ वर्ष) — अछाम; टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर।
१४. रबि परियार (२३ वर्ष) — अछाम; शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
१५. नृप ढोली (३७ वर्ष) — अछाम; शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
१६. देवराज भाट (३८ वर्ष) — अछाम; शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
१७. मनसरी परियार (३० वर्ष) — अछाम; टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर।
१८. इन्द्रसरा परियार (५० वर्ष) — जयगढ, बान्निगढी नगरपालिका–१, अछाम; शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
दुर्घटनापछि प्रहरी नायब निरीक्षक (प्र.ब.ना.नि.) लोकेन्द्र सिंह पुजाराको कमाण्डमा १४ जनाको टोलीले उद्दार कार्य सम्पन्न गरी सबै घाइतेलाई उपचारका लागि कैलालीको पदमा अस्पताल, अत्तरियामा पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणको अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *