डोटी- नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा पत्रकार महासंघ डोटी शाखाका पूर्व अध्यक्ष मीन बमलाई पत्नी शोक परेको छ ।
नेपाल प्रेस युनियन डोटी शाखाका पूर्ब अध्यक्ष समेत रहेका बमकी पत्नी शब्या शाही बमको ३१ वर्षको उमेरमा सोमबार दिउँसो उपचारका क्रममा असामयिक निधन भएको हो ।
सोमबार बिहान अकस्मात् स्वास्थ्यमा जटिलता आए पछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
बोगटान फुड्सिल गाउँपालिका -७ चनुकाँडा डोटी घर भई हाल धनगढी उपमहानगर पालिका – ७ शक्तिनगर कैलालीमा बस्दै आउनु भएको थियो ।
दिवंगत बमको मङ्गलवार (आज )दिउँसो १२ बजे धनगढी स्थित मोहना त्रिवेणि घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
पत्रकार बमलाई पत्नी शोक परेको दुःखद खबरले नेपाल पत्रकार महासंघ डोटी शाखालाई मर्माहत र स्तब्ध बनाएको शाखाका सचिव विक्रम खड्काद्वारा हस्ताक्षर शोक व्यक्तब्यमा भनिएको छ ।
त्यस्तै प्रेस युनियन डोटी शाखाले पनि दु:ख व्यक्त गर्दै शाेक व्यक्तब्य निकालेको छ।
प्रतिक्रिया