गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण

पाँजलो न्युज
२१ असार २०८२ ९:३५
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण

बैतडी: गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय, बैतडीमा निरीक्षण गरेका छन।लेखकले आज बिहान जिप्रकाको अनुगमन तथा निरीक्षण गरेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।निरीक्षणका क्रममा लेखकले जिप्रकालगायत जिल्लाका अन्य प्रहरी युनिट र शान्तिसुरक्षाका अवस्थामा जानकारी लिएका छन।

गृहमन्त्री लेखकलाई भवन अभावलगायत विषयमा जानकारी गराइएको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए। उनले भने, “जिप्रकामा महिला बालबालिका सेवा केन्द्र र व्यारेक भवन निर्माण आवश्यक बजेट पहलका लागि आग्रह गरेका छौँ।” जवाफमा गृहमन्त्रीले आफ्नो कार्यकालमा भवन निर्माण बजेटको व्यवस्था गर्ने बताएका छन। गृहमन्त्री लेखकले जिल्लाका समग्र शान्तिसुरक्षाका बारेमा पनि जानकारी लिए।

गृहमन्त्री लेखकले आज बिहान यहाँको जगन्नाथ मन्दिरमा दर्शन गरेका छन। गृहमन्त्री लेखकको आजै बैतडीबाट फिर्ता हुने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *