
सनिवार असार १४
अष्टेलियन एड, अस्ट्रेलियन सरकार, र ई.एल.सि.ए. को आर्थिक सहयोगमा लुथरन वल्ड फेडरेसन नेपालसंगको साझेदारीतामा संचालित लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश का ९ वटा कार्यक्रम कार्यान्वयन संस्था को अर्ध बार्सिक समिक्षा तथा योजना तर्जुमा कार्यसाला गोष्ठी धनगढी मा आज सम्पन्न भएको छ ।
हिजो देखि सुरु भएको गोष्ठी मा साझेदार संस्था का कार्यसमिति का पदाधिकारी , कार्यकारी निर्देशक, फोकल परसन, परियोजना संयोजक, लेखा सहायक, लाभान्वित समुदाय का ब्यक्ती, गरि ४४ जना (१४ जना महिला र ८ जना अपांगता भएका ब्यक्ति ) को सहभागिता रहेको थियो ।
पावर, सिम्पल, मूक्त हलिय/दलित सिएसओहरु र उनीहरुका संञ्जालहरुको सामाजिक, आर्थिक र जलवायु न्याय प्रवद्र्धनका लागि जिम्मेवार निकायहरुसंगको सहकार्यलाई सुदृढ बनाउने सक्षम परियोजना र समुदाय सशक्तिकरण तथा विकासका लागि स्थानीय पहल परियोजना अन्तर्गत ९ वटा संस्थाले जनवरी २०२५ देखि जुन २०२५ सम्म गरेका प्रमुख उपलब्धी, प्रमुख सिकाइ, असल अभ्यास, आगामी दिनमा निरन्तरता दिनुपर्ने क्षेत्रहरु माथी छलफल गरि लु बि फे नेपाल को राष्ट्रिय नतिजा कार्यढाचा माथी छलफल गरिएको थियो ।
कार्यसला गोष्ठी मा क्षमता बिकास को सेसन समेत संचालन गरिएको थियो ।
लुथरन वल्ड फेडरेसन नेपालका कार्यक्रम कार्यान्वयन साझेदार संस्था सामुदायिक विकास केन्द्र (सि.डि.सि.) डोटी, राष्टिय मुक्त हलिया समाज महासंघ नेपाल डडेल्धुरा, गिफ्ट नेपाल बाजुरा, निड्स नेपाल कंचनपुर, दिगो बिकास समाज भजनी, कैलाली, मुक्तकमैया महिला बिकास मंच कैलाली, थारु महिला उत्थान केन्द्र बर्दिया, स्याक नेपाल सुर्खेत र समुदाय मा आधारित संस्था महासङ दैलेख का प्रतिनिधिहरु रहेका थिए ।
आगामी कार्ययोजना निर्माण गरि क्रसकटिङ सवालहरुलाइ समावेश गरि जल्बायु न्याय, उधमसिलता, नबिनतम प्रबिधी प्रयोग गरि संरक्षण र सामाजिक सद्भाव , जलबायु उत्थानसिल्ता तथा जिविकोपार्जन र गुणस्तरीय सेवा का विषगत क्षेत्रहरू मा लु बि फे नेपाल ले बिगत ४० बर्ष देखि नेपालमा काम गर्दै आएको छ ।
लु बि फे नेपाल का कार्यक्रम ब्यवस्थापक मान्ध्वज खत्री ले कार्यक्रम को संचालन गर्नु भएको थियो ।
समुदायका स साना समस्या सम्बोधन गर्दै सबै तहका सरकार सङ समन्वय गरि अति बिपन्न, पछाडी परेका समुदाय , महिला, दलित, मुक्तकमैया / मुक्त हलिया, बालबालिका , अपांगता भएका ब्यक्तिलाई उध्यमसिलता तिर जोडी समतामूलक समाजको निर्माण गर्न लागेका सबैलाइ धन्यवाद दिदै कार्यक्रमको समापन लु बि फे नेपाल का रास्तिय निर्देशक डाक्टर बिजया बज्राचार्य ले गर्नुभएको थियो ।
प्रतिक्रिया