तेजु ओली डोटी– जिल्लाको शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिका का ३ सय ४० कृषकलाई प्राकृतिक खेती प्रणाली तालिम प्रदान गरेको हो।

सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल डोटीद्वारा डोटीका ३४० जना कृषकहरूलाई प्राकृतिक खेती प्रणाली सम्बन्धी तालिम प्रदान गरिएको छ । शिखर नगरपालिका वडा नम्बर ३ देखि ७ का २ सय ७६ जना र दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ७ का ६४ जना गरी जम्मा ३सय ४० जनालाई तालिम प्रदान गरिएको हो ।
गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल डोटीले कार्यान्वयन गरिरहेको एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत प्राकृतिक तरकारी खेती गर्दै आइरहेका १७ समुहका ३ सय ४० जना कृषकलाई प्राकृतिक खेती प्रणालीको परिचय, सिद्धान्त, बिरुवाहरूलाई चाहिने विभिन्न पोषक तत्त्वहरू, सूक्ष्म जीवाणु बनाउने विधि, प्रशोधित बिरुवा फलफूल र चौलानी झोल बनाउने तरिका साथसाथै जैविक जडीबुटी, माछाको प्रशोधित झोल, फस्फोरस र क्याल्सियम बनाउने विधि र तिनको प्रयोग बाली बिरुवामा कसरी गर्ने भन्ने बारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।
प्राकृतिक खेती गर्दै आइरहेका परियोजनाबाट लाभान्वित ३४० जना कृषकहरुलाई पहिलो चरणको तालिम दिइएको सामुदायिक विकास मञ्चका कृषि प्राविधिक तथा कार्यक्रम संयोजक निरज बोगटीले जानकारी दिए। तालिम लिएका सबैजना कृषकलाई केही दिनमै विभिन्न कृषजन्य सामाग्री र विभिन्न तरकारी बालीका बिउबिजन प्रदान गरिने कार्यक्रम रहेको पनि उनले बताए ।
प्रतिक्रिया