तेजु ओली दिपायल– डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं.७ का २ वटा समुहका ३९ जना कृषकहरुलाई एक कार्यक्रमका बिच कृषि सामाग्री सहयोग गरिएको छ ।गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सामुदायिक बिकास मन्च नेपाल को साझेदारी मा संचालित एकिकृत सामुदायिक बिकास परियोजना ले कृषि उत्पादन तथा उत्पादकत्व बढाउने उद्धेश्यका साथ कृषि सामाग्रीहरु र बिउ बिजन बितरण गरेको हो । प्लास्टिक टनेल,हजारी, प्लास्टिक पाइप लगाएतका सामाग्रीहरु हस्तान्तरण गरिएको परियोजना मा कार्यरत निरज बोगटी ले बताउनु भयो ।
उक्त कृषि सामाग्री हस्तान्तरण कार्यक्रमा दिपायल सिलगढी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कर्ण विष्टले कृषि क्षेत्रमा ब्याबसायिकरण गर्न चाहाने लाइ यो ठुलो सहयोग भएको बताउदै कृषिमा गर्न चाहाने किसानका लागि आगामि बजेटमा प्राथमिकता दिएका काम गर्ने बताउनु भयो ।
उक्त कार्यक्रम मा गुड नेवर्श इन्टरनेशनल नेपाल का डोटी जिल्ला कार्यक्रम संयोजक गिता चौधरी ले संस्थाले गरेको सहयोग छेणिक भएकाले आत्मनिर्भर भएर आफै ब्याबसायिक बन्नका लागि सहयोग गरेको बताउनु भयो ।
त्यसतै सामुदायिक बिकास मन्च नेपाल का अध्यक्ष खडक राज शर्मा ले बिभिन्न संघ संस्थाहरु संगको सहकार्यमा लामो समयदेखि काम गर्दै आएकाले अझै पनि आयआर्जन क्षेत्रमा राम्रो काम गर्नेलाइ थप सहयोगका लागि निरन्तर सहयोग गर्ने बताउनु भयो ।
सामुदायिक बिकास मन्च नेपाल का अध्यक्ष को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिका वडा नं ७ का अध्यक्ष कर्ण बिष्ट को प्रमुख आतिथ्यमा र गुड नेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक गिता चौधरी, कृषि प्राबिधिक, किसानहरु लगाएतको उपस्थितीमा उक्त कृषि सामाग्री हस्तान्तरण सम्पन्न भएको छ ।
प्रतिक्रिया