ठुला केदार धामको महायज्ञमा पूर्वमन्त्री प्रेम आलेको एक लाख ११ हजार सहयोग

पाँजलो न्युज
२८ वैशाख २०८२ ०:१४
ठुला केदार धामको महायज्ञमा पूर्वमन्त्री प्रेम आलेको एक लाख ११ हजार सहयोग

डोटी– डोटीको बडिकेदार (ठुला केदार) धाम शक्तिपीठमा सञ्चालन भईरहेको ‘लिङ्गपुराण महायज्ञ’मा प्रेम आलेले एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन्।
डोटी जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आले मगरले ठुलो रकम सहयोग गरेका हुन्। आलेले सुदूरपश्चिम प्रदेश कै एक महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा अलौकिक शक्तिले सु–प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाम शक्तिपीठ (ठुला केदार) स्थलमा सञ्चालमा रहेको महायज्ञ आयोजकलाई सहयोग गर्ने बताएका हुन्। एकीकृत समाजवादीबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा निर्वाचित भएका आलेले वैशाख २२ गतेदेखि २८ गतेसम्म सञ्चालन भईरहेको लिङ्गपुराण महायज्ञ मुल आयोजक समितिका सचिव तथा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति, डोटीका कार्यकारी अधिकृत दिपेन्द्र राज सिराडीलाई फोन मार्फत एक लाख ११ हजार एक सय ११ को चेक दिने बताएका हुन्।
महायज्ञलाई सफल बनाउन बडिकेदार क्षेत्रका नागरिक तथा भक्तजनबाट सहयोग भईरहेको बडिकेदार क्षेत्र पर्यटन विकाश तथा व्यवस्थापन समिति, डोटीका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले बताएका छन्। पूर्व मन्त्री प्रेम आले हालसम्म सबै भन्दा बढी सहयोग गरेको उनले बताए।
नेपाली काङ्ग्रेसका केन्द्रीय महासमिति सदस्य पदमराज जोशिले एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरेका सिडारीले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *