सुदूरपश्चिममा धान खेतीका लागि अनुदानको मल बिक्री वितरण हुँदै

पाँजलो न्युज
२७ वैशाख २०८२ ७:३९
सुदूरपश्चिममा धान खेतीका लागि अनुदानको मल बिक्री वितरण हुँदै

धनगढीसुदूरपश्चिम प्रदेशमा बर्खाका लागि रसायनिक मल बिक्री–वितरण थालिएको छ।

नेपाल सरकारको अनुदानको मल बिक्री वितरणको काम कृषि सामाग्री कम्पनी लिमिटेडले थालेको हो।

बर्खाको धान खेतीका लागि आवश्यक मल कृषि सामाग्रीले सहकारी मार्फत वितरण गर्दै छ। अनुदानको मल आपूर्ति गर्न थालिएकाले अभाव नहुने दाबी गरिएको छ। सुदूरपश्चिमका किसानको माग अनुसारको मल वितरण गर्ने तर्क गरिएको हो। कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नवलसिंह बोगटीले अनुदानको मल वितरण थालेको बताए। उनले भने, ‘सहकारीले मल लिन थालेका छन्। मल आउने, पठाउने काम हुँदैछ।’

सुदूरपश्चिममा बर्खे सिजनमा रसायनिक मलको अभाव नहुने दाबी कृषि सामाग्रीको छ। सुदूरपश्चिममा अनुदानको रसायनिक मल बिक्री–वितरण थालिएकाल बर्खे सिजनमा मलको अभाव नहुने बताइएको हो। प्रदेशमा रसायनिक मल आपूर्ति गर्ने जिम्मेवारी पाएको कृषि सामग्री र साल्ट ट्रेडिङले किसानहरूलाई कृषि सहकारी मार्फत मलको विक्री वितरण हुुँदैआएको छ।

सुदूरपश्चिम प्रदेशभर मागको ७० प्रतिशत मल आपूर्ति गर्ने जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडले मल वितरण थालेको छ। १० हजार टन युरिया र छ हजार टन डिएपी वितरण गरिएको हो। कृषि सामाग्रीमा एक हजार तीन सय टन युरिया र एक हजार एक सय टन डिएपी आपूर्तिको क्रममा रहेको छ। कृषि सामाग्रीमा आपूर्ति भएको मल सहकारी मार्फत किसानलाई वितरण गरिदैछ।

कैलालीको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिकालगायतका क्षेत्रमा चैते धान रोपिदै आएको छ भने कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी, बेल्डाडी, लालझाडीमा पनि किसानहरु चैते धान खेति गर्दै आएका छन्। दुवै जिल्लामा वर्षेनि औषतमा ५ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिदै आएको प्रदेशको कृषि मन्त्रालयले जनाएको छ। चैते धान र बर्खे धानका लागि मलको अभाव नहुने तर्क गरिएको छ।

अनुदानको रसायनिक मल साल्ट टे«डिङ र कृषि सामग्रीले सहकारीमार्फत किसानलाई वितरण गर्दै आएका छन्। तर माग अनुसार मल आपूर्ति नहुने समस्याका कारण सधैँ किसानहरूले सास्ती खेप्नुपर्ने बाध्यता कायमै रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *