राज्य अधिनायकवादतर्फ अघि बढ्यो : सांसद श्रेष्ठ

पाँजलो न्युज
१५ वैशाख २०८२ ६:०३
राज्य अधिनायकवादतर्फ अघि बढ्यो : सांसद श्रेष्ठ
फाइल तस्बिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले राज्य अधिनायकवादर्फ अघि बढेको टिप्पणी गरेकी छन् । सोमबार (वैशाख १५) प्रतिनिधिसभा बैठकमा उनले नयाँ बानेश्वरमा शिक्षकमाथि राज्यले दमन गरेको भन्दै आपत्ति जनाइन् ।

“शिक्षकमाथि राज्यले दमन गर्‍यो । राज्य अधिनायकवादतर्फ हिँडिरहेको भान भएको छ,” उनले भनिन् ।

सांसद श्रेष्ठले शिक्षकलाई दलको सदस्यता नत्यागे दास बन्ने बताइन् । “तपाईंहरू जबसम्म नेपाली जनता मात्रै भएर बस्नुहुन्छ, सिंगो मुलुकको बन्नहुुन्छ । जब राजनीतिक दल, राजनीतिक दलको सदस्यता लिएर कार्यकर्ता बन्नुहुन्छ, नेताको उठबस भन्ने किसिमको दास बन्नुहुन्छ,” उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *