डोटी- डोटीको दिपायल सिलगढी नगरपालिका–६, सिलगढीका ७५ वर्षीय कालुसिंह विष्टको हत्यामा संलग्न युवालाई प्रहरीले पक्राउ गरि अनुसन्धान जारी राखेको छ ।
प्रहरीले सोही स्थानमा बस्ने २२ वर्षीय सरोबर श्रेष्ठलाई पक्राउ गरि आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको हो । घरभित्र मृत फेला परेका ज्येष्ठ नागरिक विष्टले युवालाई चरेश नदिँदा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराइका अनुसार भदौ २० गते मृत फेला परेका ज्येष्ठ नागरिक विष्टले युवकलाई चरेश (लागु औषध) दिन नमानेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनले भने –‘तीन दिनदेखि वेपत्ता ज्येष्ठ नागरिक विष्ट भदौ २० गते मृत फेला परेका थिए । सो हत्यामा संलग्न श्रेष्ठलाई २३ गते प्रहरीले पक्राउ गरेको थियो ।
शव सड्न लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भट्टराईले बताए । श्रेष्ठले घाटी दबाएर विष्टको हत्या गरेको स्वीकारेको उनको भनाई छ ।
मृतक विष्टको आइतबार अन्त्येष्टि गरिएको थियो ।
प्रतिक्रिया