डोटीमा बस दुर्घटना भएको छ ।
धनगढी बाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना.५ ख ४४५१ नम्बरको बस आज बिहान करिब ४ बजे तिर रेडियो नेपाल नजिक दुर्घटना भएको छ ।
दुर्घटनामा परि १४, १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीम प्रसाद भटराइले जनाएका छन् । घाइतेको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाकी रहेको छ ।
प्रतिक्रिया