आईटी तथा इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई शैक्षिक कर्जा दिन राष्ट्र बैंकले सहजीकरण गरिदिने

पाँजलो न्युज
११ साउन २०८१ ९:०३
आईटी तथा इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई शैक्षिक कर्जा दिन राष्ट्र बैंकले सहजीकरण गरिदिने

काठमाडौं– नेपाल राष्ट्र बैंकले इन्जिनियरिङ, सूचना प्रविधि (आईटी) जस्ता शैक्षिक कार्यक्रम पढ्ने विद्यार्थीलाई ऋण उपलब्ध गराउन सहजीकरण गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।
​ ​
‘व्यावसायिक शिक्षा तथा आन्तरिक रूपमा अध्ययन गर्ने चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि, एकाउन्टिङ्ग जस्ता व्यवहारिक शिक्षा आर्जनका लागि ऋण उपलब्ध गराउन नेपाल सरकारले लिएको नीति तथा कार्यक्रमको आधारमा आवश्यक सहजीकरण गरिने छ,’ गभर्नर अधिकारीले भने ।
​​
आर्थिक वर्ष २०८१/८२ को बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले इन्जिनियरिङ, सूचना प्रविधि लगायत उच्च शिक्षा अध्ययनका लागि सक्रिय कोषमार्फत विद्यार्थीहरूलाई सहुलियतपूर्ण शैक्षिक ऋण प्रदान गरिने कार्यक्रम ल्याएका थिए ।

केन्द्रीय बैंकको सहजीकरणले विद्यार्थीहरूलाई उच्च शिक्षा आर्जनमा सहयोग पुर्‍याउने तथा उनीहरूको व्यावसायिक भविष्य सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *