अत्तरियाको एक होटलबाट लागुऔषधसहित ५ जना पक्राउ

पाँजलो समाचार
१९ जेठ २०८१ ७:५३
अत्तरियाको एक होटलबाट लागुऔषधसहित ५ जना पक्राउ

धनगढी- अत्तरियाको एक होटलबाट लागुऔषध (खैरो हिरोइन) सहित ५ जना युवक पक्राउ परेका छन्। शुक्रवार ९आज० गोदावरी नगरपालिका–२ बसपार्क रोडस्थित डोटी बैतडी होटलको कोठामा लागुऔषध सेवन गरिरहेको अवस्थामा ५ जना युवक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ अत्तरियाका ३७ वर्षीय विशाल सिंह कठायत, ३० वर्षीय प्रमोद पनेरु, २१ वर्षीय हिक्मत बाग रहेका छन्।

यस्तै, गोदावरी–३ का २७ वर्षीय सन्तोष रावल र बैतडीको पाटन नगरपालिका–७ का ३० वर्षीय भरतप्रसाद भट्ट रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरुको साथबाट ९४० मिलिग्राम लागुऔषध बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *