दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु

गणेश मौनी
२० वैशाख २०८१ १५:२०
दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु

डोटीको बडीकेदार गाउँपालिकामा भूमिहीन, दलित, भूमिहीन सुकुम्वासी, र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क सङ्कलन तथा प्रविष्टि सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

बडीकेदार गाउँपालिकाले आयोजना गरेको अभिमुखीकरणको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले भूमिहीन, दलित, भूमिहीन सुकुम्वासी, र अव्यवस्थित बसोबास हर्को गाउँ घरमा विवरण सङ्कलन गर्दा विवरण सही हुनुपर्ने, वास्तविक भूमिहीनलाई समावेश गर्न आवश्यक रहेको बताए ।

भूमिहीन, दलित, भूमिहीन सुकुम्वासी, र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क सङ्कलन तथा प्रविष्टि गर्दा आफू सँग जग्गाजमिन नभएकाहरूको तथ्याङ्क सङ्कलन गर्न आवश्यक रहेको कार्यक्रमकी सभाध्यक्ष एवं बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेले बताइन् । कार्यक्रम सञ्चालन गर्दा निर्देशिका बमोजिम गर्न आवश्यक रहेको समेत बताइन् ।

अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका योजना शाखा प्रमुख दीपक राज जैसी र सूचना प्रविधि अधिकृत टोप बहादुर चन्दले कार्यक्रमको बारेमा जानकारी, तथ्याङ्क सङ्कलन विधि र प्रविष्टि सम्बन्धी जानकारी दिएका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, वडा सचिव, सहायक कम्यूटर अपरेटरहरूको सहभागिता रहेको पालिकाले जनाएको छ । कार्यक्रम भोली समापन हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *