(डोटी ) डोटीको के आई सिंह गाउँपालिका वडा नम्बर ४ मा ट्याक्टर दुर्घटना हुँदा तिन जना घाइते भएका छन् ।
दिपायल बाट के आई ंिसंह गाउँपालिका ३ झिंगाबस्ती तर्फ गइरहेको लु २ त ९७६४ नम्बरको ट्याक्टर दिपायल बोगटान सडक खण्डको केआइसिंह ४ बास्कोटमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर दुर्घटना हुँदा दिपायल बोगटान सडक खण्डमा काम गर्ने तीन जना मजदुर घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेमा टिकापुर नगरपालिका–६ कैलाली का १७ वर्षीय राहुल चौधरी, २२ वर्षीय परशु चौधरी र कैलालीकै भजनी नगरपालिका–८ ३० वर्षीय दुर्जन चौधरी रहेका छन् । घाइते राहुल र परशु सुजङ्ग अस्पताल राजपुरमा उपचार पश्चात् डिस्चार्ज भएका छन् भने दुर्जनलाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ ।
ट्याक्टर चालक कैलालीको घोडाघोडी नगरपालिका–१२ का ४० वर्षीय बालकृष्ण चौधरी फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । ट्रली सडकमै पल्टिँदा दुर्घटना भएको ट्याक्टरमा ६ जना सवार रहेका प्रहरीले जनाएको छ ।







प्रतिक्रिया