शुदुरपश्चिम- सुरक्षा प्रबन्धका बीच पाकिस्तानमा आज आम निर्वाचन हुँदै छ । मतदान आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।
मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तका दुई स्थानमा भएका बम विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको छ । हिंसात्मक घटनाका कारण निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन सेना, प्रहरी र निर्वाचन आयोगलाई चुनौतीपूर्ण हुने ठानिएको छ ।
निर्वाचनमा ५ हजार १२१ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । तीमध्ये ४ हजार ८०७ जना पुरुष, ३१२ महिला र दुई जना यौनिक अल्पसंख्यक उम्मेदवार छन् ।







प्रतिक्रिया