दिपायल- सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि बिहीबार निर्वाचन हुँदैछ। राष्ट्रिय सभा सदस्य हरिराम चौधरी, इन्दु कडरिया र महेशकुमार महराको पदावधि आगामी फागुन २० मा सकिन लागेकाले रिक्त हुने पद्का लागि निर्वाचन गर्न लागिएको हो ।
निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवार र नेकपा (एमाले)का उम्मेदवार चुनावी मैदानमा उत्रेका छन्। सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको थियो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५२ जना प्रदेश सभा सदस्य र १७६ जना स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी जम्मा २२८ जना मतदाता रहेका छन्। स्थानीय तहका एक उपाध्यक्षको केही दिन अघि निधन भएको छ । तर, गाउँपालिकाको कार्यालय निर्वाचन कार्यालयलाई त्यसबारे आधिकारिक जानकारी नगराएकाले मतदाता नामावलीमा उनको नाम कायमै रहेको प्रमुख भट्टले बताए ।देशभर १९ सिटका लाग हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवारको उम्मेदवारी दर्ता भएको थियो। निर्वाचन कार्यतालिका अनुसार माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुँदैछ ।

प्रतिक्रिया