बिमान उड्न ढिला भयको भन्दै यात्रुले कुटे पाईलट

पाँजलो न्युज
१ माघ २०८० ९:१२
बिमान उड्न ढिला भयको भन्दै यात्रुले कुटे पाईलट
एजेन्सी– विमान उड्न ढिला भएको भन्दै एक यात्रुले पाइलटमाथि कुटपिट गरेका छन् । भारतमा आइतबार इन्डिगो एयरलायन्सको उडान ढिलो भएको भन्दै एक यात्रुले पाइलटलाई कुटपिट गरेको भिडियो भाइरल भएको छ।

भिडियोमा देखिएअनुसार पाइलटले विमानमा उडान ढिलाइ भएको घोषणा गरिरहँदा एकजना यात्रुले दौडिएर उनलाई झापड हानेको देखिएको छ ।

बीबीसी हिन्दीका अनुसार भिडियो दिल्लीको हो । यो उडान दिल्लीबाट गोवा गइरहेको थियो जुन बाक्लो कुहिरोका कारण ढिला भएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार इन्डिगोले यस विषयमा उजुरी दिएको छ ।

आइतबार दिल्ली र उत्तर भारतमा बाक्लो कुहिरो र कम भिजिबिलिटीका कारण धेरै उडानहरूमा ढिलाइ भएको थियो । धेरै रुट परिवर्तन भएका थिए भने उडान रद्द भएका थिए ।

खराब मौसमका कारण ४०० उडानमा ढिलाइ भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । १० उडान डाइभर्ट गरिएको थियो भने २० उडान रद्द गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *