बाजुरामा एक गर्भवती महिलामाथी जबरजस्ति करणी, एक जना पक्राउ

पाँजलो न्युज
१८ पुष २०८० ९:५५
बाजुरामा एक गर्भवती महिलामाथी जबरजस्ति करणी, एक जना पक्राउ

बाजुरा- बाजुरामा एक गर्भवती महिलामाथि जबरजस्ती करणीको आरोप लागेको छ। घटना यही पौष १३ गते हो।

आरोपितलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद समेत थप भइसकेको प्रहरीले जनाएको छ। जिल्लाको हिमाली गाउँपालिकाकी ३५ वर्षीया एक महिलामाथि जबरजस्ती करणी भएको विषय बाहिर आएपछि आरोपितलाई तुरुन्तै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कविन्द्र बोहराले जानकारी गराए।

दलित समुदायकी ती महिलालाई करणी गरेको आरोपमा जंगसिंह बुढालाई पक्राउ गरिएको उनले बताएका हुन्। डीएसपी बोहराका अनुसार प्रहरीले पीडित महिलाका श्रीमान् रुपचन्द्र सुनार र देवर अम्मर सुनारलाई समेत पक्राउ गरेको छ। सुनार पक्षले जवरजस्ती करणीको मुद्दा प्रहरीमा दर्ता गरेको छ भने बुढा पक्षले कुटपिटको मुद्दा दर्ता गराएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *