दिपायल- डोटीमा जीपबाट खसेर नेपाल प्रहरीका एक जना सहायक हवल्दार घाइते भएका छन्। घाइते हुनेमा डडेल्धुराको अजयमेरु गाउँपालिका२ रोल्लीका गम्भीर सिं साहु रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानाएको छ।
उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। शनिवार अपराह्न साहु जीपको पछाडिबाट सडकमा खसेको बताइएको छ। जिल्ला सदरमुकाम सिलगढीबाट १५ जना बोकेर पूर्वीचौकी साझघाट जाँदै गरेको से १ ज ७७३ नम्बरको जीपबाट सहायक हवल्दार साहु पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर १ बुढाबाँज भन्ने स्थानमा खसेका थिए।







प्रतिक्रिया