बाजुराबाट छुटेको जिप अछाममा दुर्घटना, १३ जना घाईते

पाँजलो न्युज
३ पुष २०८० ६:१५
बाजुराबाट छुटेको जिप अछाममा दुर्घटना, १३ जना घाईते

बाजुरा- अछाममा जिप दुर्घटना भएको छ । मंगलबार जिल्लाको मंगलसेन नगरपालिका-७ सिन्जाडाँडामा भे१च २५७६ नम्बरको जिप दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा जिपमा सवार १४ जनमध्ये १३ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । एक जना भने सामान्य रहेका बताइएको छ ।

प्रहरीका अनुसार बाजुराबाट सुर्खेततर्फ गइरहेको जिप उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *