महेन्द्रनगरबाट चोरी र गोदावरीबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ

पाँजलो न्युज
२ कार्तिक २०८० ६:००
महेन्द्रनगरबाट चोरी र गोदावरीबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ

महेन्द्रनगर- प्रहरीले अदालतबाट कैद सजाय तथा जरिवाना पाएर फरार रहेका २ जनालाई पक्राउ गरेको छ ।बुधबार साँझ कैलाली र कञ्चनपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कञ्चनपुर जिल्ला अदालतले २०७८ कात्तिकमा ९ महिना कैद फैसला गरेका भीमदत्त नगरपालिका–४ का २० वर्षीय युवराज साहुलाई पक्राउ गरिएको छ ।साहुलाई अदालतले चारी मुद्दामा सजाय तोकेको थियो । फैसलापछि फरार साहुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले उनकै घरबाट पक्राउ गरेको बताइएको छ ।

त्यस्तै, कैलाली जिल्ला अदालतले २०७७ साल मंसीरमा २ लाख ७५ हजार रुपैयाँ जरिवाना र ३ महिना कैद सजाय सुनाएका कैलालीकै गोदावरी नगरपालिका–२ महरा कटानका ३६ वर्षीय बिरू बुढाथोकी मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।वन मुद्दाका दोषी उनलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनकै घरबाट पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *