जिप बाट खसेर घाइते भएकी महिलाको मृत्यु

पाँजलो न्युज
११ असोज २०८० १३:५८
जिप बाट खसेर घाइते भएकी महिलाको मृत्यु

डोटी- डोटीमा जिपबाट खसेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । गत भदौ २० गते जिपबाट खसेर घाइते भएकी दिपायल सिलगढी नगरपालिका-१ कि ३३ वर्षिया महेश्वरी साउदको बिहिवार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिकाबाट दिपायल तर्फ आउँदै गरेको आदर्श गाउँपालिका-०६ का टेक लुहारले चलाएको सु.प.प्र.०१-००१-३७८४ नम्बरको बोलेरो जिपको पछाडि सवार साउँद एयरपोर्ट रोड स्थित खसेर गम्भीर घाइते भएकी थिइन् । घाइते साउदलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा त्यहाँ केही दिनको उपचारपछि उनको उपचारमा संलग्न डाक्टरले थप उपचार सम्भव नरहेको बताएपछि बुधवार (हिजो) घर ल्याइएको थियो ।

साउदको बिहिवार (आज) दिउँसो १२ बजे दिपायल सिलगढी नगरपालिका स्थित घरमै मृत्यु भएको बताइएको छ । लासको घटनास्थल लास जाँच प्रकृति मुचुल्काको कार्य गरी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *