
भदौ १७ गते (डोटी)– बिधुतको करेन्ट लागि डोटीमा एक जनाको मृत्यू भएको छ । सायल गाउँपालिका वडा नं. ४ डौड घर भएका ६६ बर्षिय कासी नेपालीको मृत्यू भएको स्थानीय तेज सिंहले जानकारी दिएका छन् ।
सायल गाउँपालिका वडा नं. ४ बहरदुल भन्ने ठाउँमा शुक्रबार साझ साढे ६ बजे बा“स काट्ने क्रममा हाइटेन्सन लाइन छुइ“दा उनको मृत्यू भएको हो । ‘बाँसमा हाइटेन्सनको लाइन छुइएको रहेछ’, स्थानीय तेज बहादुर सिंहले भने, ‘घरायसी प्रयोजनका लागि घाँस काट्न जाँदा करेन्ट लागेर घटनास्थलमै मृत्यू भयो ।’
घटनास्थलमा नेपाल प्रहरी पुगिसकेपनि राती भएका कारण शबको पोष्टमार्टम भोली मात्र हुने मौवा प्रहरी चौकी इन्चार्ज यक्षराज जोशीले जानकारी दिए । उनले सुरुमा घाइते भएको खबर आएपनि पछि घटनास्थल प्रहरी पुग्दा मृत्यू भइसकेको बताएका छन् । शब समाचार तयार पार्दासम्म घटनास्थलमै रहेको छ ।
बिधुत कार्यालयको लापरबाहीका कारण डोटीमा बर्सेनी करेन्ट लागेर मानिसहरुको मृत्यू हुँदै आएको छ । अझै पनि थुप्रै ठाउँमा तारहरु झुलिएको , पोलहरु जीर्ण तथा ढल्ने अवस्थामा पुगेपनि बिद्युत कार्यालयले सुधार तथा मर्मत गर्न नसकेको गुनासो स्थानीयबासिन्दाको छ ।
प्रतिक्रिया