महेन्द्रनगर- भीमदत्त नगरपालिकाको बनगाउँबाट प्रहरीले २ लाख ४ हजार रुपैयाँको अवैध सामान वरामद गरेको छ ।
गोप्य सूचनाको आधारमा शुक्रबार भन्सार छलेर ल्याइएका चिनी, बिष्कुट, बिडी, पास्ता, तरकारी, तेल, पेडा मिठाई, नरीवल, पेन्ट, ब्लाउज, पेटिकोट कपडा, सुट लगायतका सामान वरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार वरामद सामान गड्डाचौकी भन्सार कार्यालयमा दाखिला गरिएको छ ।







प्रतिक्रिया