बैतडी – भान्सामा खाना बनाउने क्रममा बैतडीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो । मंगलबार राती साडे ७ बजेको समयमा खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भिर घाइते भएकी घटालको राती १२ बजे मृत्यु भएको स्थानीय सुरेश सार्कीले जानकारी दिए ।
सर्पले टोकेर घाइते भएकी घटाललाई झारफुक गरेको थियो । तर झारफुक गरेपछि केहि समयपछि उनको मृत्यु भएको थियो ।







प्रतिक्रिया