चवराचौतामा सार्वजनिक सुुनुवाइ सम्पन्न

पाँजलो न्युज
५ भदौ २०८० १५:१५
चवराचौतामा सार्वजनिक सुुनुवाइ सम्पन्न

डोटी– बोगटान फुडसिल गाउँपालिकाको वडा नंं ७ चवराचौताराको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष शंकरमान सुनारले आर्थिक बर्ष ०७९/०८० को सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न भएको जानकारी दिए ।

आर्थिक बर्ष ०७९÷०८० मा वडाबाट कार्यसम्पादन भएका योजनाहरुबारे वडाबासीले जानकारी लिएका थिए । मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले वडाका जनप्रतिनिधीहरुसंग जवाफ लिएका थिए ।
सार्वजनिक सुनुवाइ बारे पहिलो पटक आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय बुद्धिजीवी, शिक्षक, नागरिक समाज लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजीकरण गैर सरकारी संस्था महासंघ नेपाल डाटीका अध्यक्ष लाल बहादुर बिकले गरेका थिए ।

गत हप्तामात्रै पालिकास्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *