धनगढी- कैलालीको टीकापुरमा एकै व्यक्ति माथि एक महिनामा २ पटक खुकुरी प्रहार भएको छ । नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्का माथि एकै महिनामा २ पटक खुकुरी प्रहार भएको हो ।
टीकापुरमा आपराधिक घटनाहरू बढ्दै गएको भन्दै सुरक्षाकर्मीको चौतर्फी आलोचना बढ्दै गएको छ । टीकापुरमा प्रहरीले शान्ति सुरक्षा दिनुको सट्टा उल्टै आपराधिक क्रियाकलापमा लागेका ब्यक्तिलाई संरक्षणमा लागेको आरोप लाग्न थालेको छ ।







प्रतिक्रिया