डोटी ।डोटीमा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा समान पहुँच बिकास केन्द्र डोटीले संचालन गरिरहेको बाल संरक्षण तथा बाल स्पोन्सर सिप परियोजना अन्तरगत दर्ता गरिएका आर सि बालबालिका संग क्यामरा तालिम सिलगढीमा सम्पन्न भएको छ । बालबालिकाहरुलाई फोटो खिच्ने, भिडियो बनाउने, कथा लेखन तथा संकलन सीपको बिकास हुनुका साथै सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान आर्जन गर्न सहयोग पुगोस भन्ने हेतुले तालिमको आयोजना गरिएको बाल संरक्षण तथा बाल स्पोन्सर सिप परियोजना संयोजक सुनिल जोशीले बताउनु भयो । बालबालिकाहरुको सफलताको कहानी बालबालिकाहरुले संकलन गर्ने योजना निमार्ण गरिएको समेत संयोजक जोशीले बताउनु भयो । दुई दिन संचालन भएको तालिममा आदर्श, सायल, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका २९ जना आरसी बालबालिकाको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिम शुक्रबार सम्पन्न भएको थियो ।








प्रतिक्रिया