सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गणेश मौनी
११ साउन २०८० १७:४२
सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

डोटी ।डोटीमा सामुदायीक बिकास केन्द्र डोटीले संचालन गरेको भूकम्प प्रभाबितहरुका लागि आपतकालिन सहयोग कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
लुथरन विश्व फेडेरेशन नेपालको आर्थिक सहयोगमा डोटीको आदर्श र सायल गाउँपालिकामा संचालन गरेको कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार सम्पन्न गरेकोे हो ।
परियोजना अन्तरगत संस्थाले सायल गाउँपालिकामा भूकम्प प्रभाबित ४३ जनाको लागि अस्थायी टहरा आबास निमार्ण, ५२ जनाका लागि अस्थायी शौचालय निमार्ण, ८० जनालाई न्यानो लुगा बितरण, १सय ५ जनालाई स्वास्थ्य सरसफाई सामाग्री बितरण र ३ सय ७५ जनालाई मनोसामाजिक तालिम उपलब्ध गराएको सामुदायीक बिकास केन्द्र डोटीका भुकम्प प्रभाबितहका लागि आपतकालिन सहयोग कार्यक्रम अधिकृत अनिल घर्तिले बताउनु भयो ।
परियोजना अन्तरगत संस्थाले आदर्श गाउँपालिकामा पनि भूकम्प प्रभाबित १६ जनाको लागि अस्थायी टहरा आबास निमार्ण, १६ जनाका लागि अस्थायी शौचालय निमार्ण, %) जनालाई न्यानो लुगा बितरण, ३०  र ३ जना अपांगता भएकालाई सहायता सामाग्री बितरण गरेको समेत अधिकृत घर्तिले बताउनु भयो ।
सामुदायीक बिकास केन्द्रको सहयोगमा भूकम्प प्रभाबितहरुलाई अस्थायी टहरा निमार्णका साथै आपतकालिन अवस्थामा न्यानो कपडा सहयोग गर्दा राहात महशुस भएको सायल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिजय चौधरीले बताउनु भयो । आगामी दिनमा सहयोगको अपेक्षा गर्नुका साथै संस्थालाई धन्यबाद समेत दिएका थिए ।
भूकम्प गएको आपतकालिन समयमा पालिकासंग आवश्यक श्रोत साधन नभएको अवस्थामा सामुदायीक बिकास केन्द्रले अस्थायी टहरा निमार्ण गरि न्यानो कपडा र स्वास्थ्य सामाग्री सहयोग गर्दा प्रभाबितहरुलाई धेरै ठुलो राहात मिलेको आदर्श गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष खगेन्द्र ओझाले बताउनु भयो । पालिकाले पनि गाउँपालिका भित्र भूकम्प प्रभाबितहको तथ्यांक संकलन गरि सहयोगका लागि नेपाल सरकार र विभिन्न संघ संस्थाहरु संग समन्वय गर्ने निर्णय भएको समेत वडा अध्यक्ष ओझाले बताउनु भयो ।
सायल र आदर्श गाउँपालिकामा परियोजना संचालन गर्दा स्थानीय सरकार पालिका र वडा सरकार संगको समन्वय सहकार्यमा मात्र परियोजना संचालन भएको सामुदायीक बिकास केन्द्र डोटीका उपाध्यक्ष सुनिल घर्तिले बताउनु भयो । उनले भने हामीले संचालन गरेका सबै कार्यक्रमहरुमा आर्थिक प्राबिधीक सहयोग गरेका छौ अन्य पालिका र वडाले छनोट गरेका सेवाग्राहीहरुलाई सहयोग गरेको बताए ।
अस्थायी टहरा निमार्णका लागि प्रति ब्यक्ति रु ७० हजार, अस्थायी शौचालय निमार्ण गर्न प्रति ब्यक्ति ३ हजार ५ सय, न्यायो लुगा प्रति ब्यक्ति १० हजार ७ सय, स्वास्थ्य सरसफाई सामाग्रि प्रति ब्यक्ति १ हजार १ सय ९७ र अपांगताभएका हरुका लागि सहायता सामाग्रि प्रति ब्यक्ति २ हजार ८ सय बराबरको सहयोग गरेको समेत संस्थाले जनाएको छ ।

कार्यक्रममा सहभागि अधिकांश ब्यक्तिहरुले आपतकालिन अवस्थामा संस्थाले अस्थायी टहरा निमार्ण, बिभिन्न सामाग्री निमार्णमा योगदान दिएकोमा धन्यबाद समेत दिएका थिए । सहभागिहरुले आगामी दिनमा विभिन्न संघ संस्था र सरकारले प्रभाबितहरुको स्थायी आवास निमार्ण गर्न ध्यान दिनुपर्ने, प्रभाबितहरलाई आय आर्जका काममा लगाउने हाल सम्म अस्थायी टहरा निमार्ण हुन नसकेकाहरुका लागि थप निमार्ण गरिनुपर्ने, आबास मात्र नभई अन्य समस्यामा परेकाहरुका लागि स्थानीय सरकारले अन्य सहयोग गर्नुपर्ने समेत सुझाब दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रम सायल गाउँपालिकामा बुधबार र आदर्श गाउँपालिकामा बिहीबार सम्पन्न भएको थियो भने कार्यक्रममा लाभान्बीत सेवाग्राही, स्थानीय तहका प्रमुख प्रतिधिी, प्रजिअ, सरोकारवाला निकाए, स्थानीय तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार गणेश मौनीले गरेका थिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *