अछाममा एक महिलाको भीरबाट लडेर मृत्यु

पाँजलो न्युज
११ साउन २०८० ५:४४
अछाममा एक महिलाको भीरबाट लडेर मृत्यु

अछामः अछाममा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ। अछामको मंगलसेन नगरपालिका–३ लाक्षीमनाकी उज्जली आउजीको घाँस काट्न गएको बेला बुधवार भीरबाट खसेर मृत्यु भएको हो।

गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिए। करिब तीनसय मिटर तल खसेर उनको निधन भएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *