डोटी ।डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सेवा ग्राहीलाई नागरिक मैत्री सेवा प्रवाहको सवाललाई प्रमुख प्राथमीकताका साथ लिएको बताएका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय डोटीले सञ्चारकर्मिहरु संग गरेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा प्रजिअ अर्यालले डोटीमा सेवा ग्राहीलाई छिटो छरीतो र गुणस्तरीय सेवा प्रवाहलाई प्रमुख प्राथमीकता दिईने, जिल्लाको समग्र क्षेत्रमा सुशासन प्रवद्र्धनमा जोड दिईने, जिल्लाको शान्ति सु ब्यवस्थालाई चुस्त दुरुस्त राख्ने, विपद् ब्यवस्थापन प्रतिकार्यको पूर्ण तयारी अवस्थामा राखीने, बिकास ब्यवस्थापनमा सहिजकरण गर्ने लगाएतका कार्यहरुलाई जोड दिईने बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागि सञ्चारकर्मिहरुले डोटी जिल्लाका समसामयीक बिषय बस्तु सुचनाको हकको पूर्ण कार्यान्वयन, सरकारी सवारी साधन दुरुपयोग, जिल्लामा पेट्रोलियम पदार्थको कालोबजारी, नियमीत बजार अनुगमन, मदिरा ब्यवस्थापन, लागु पदार्थ दुब्र्यसनी, नागरिकता प्राप्त गर्ने प्रक्रियामा सहजिकरण, सुशासन प्रवद्र्धन लगाएतका विभिद विषय बस्तुहको बारेमा प्रजिअ अर्यालको ध्यान आर्कषण गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी संगको परिचयात्म कार्यक्रममा जिल्लामा क्रियासिल सञ्चारकर्मिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया