कला कौशल सम्बन्धी तालिम सम्पन्न

गणेश मौनी
२६ असार २०८० १५:३५
कला कौशल सम्बन्धी तालिम सम्पन्न

 डोटी ।कला कौशल सम्बन्धी पाचँ दिने तालिम डोटीको सिलगढीमा सम्पन्न भएको छ ।
वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा समान पहुच बिकास केन्द्र डोटीले संचालन गरिरहेको बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत दर्ता गरिएका आर सि बालबालिकाहरुलाई कला कौशल सिपको बारेमा ज्ञान दिने उद्देश्यले साथी शिक्षक र कर्मचारीहरुलाई तालिमको आयोजना गरिएको बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना संयोजक सुनिल जोशीले बताउनु भयो ।
पाँच दिन सम्म संचालन भएको तालिममा खेर गएका चिजबस्तु फोहोर पदार्थलाई कलाको माध्ययम बाट विभिन्न कलात्मक चिजबस्तुहरु निमार्ण गर्न सिकाईएको थियो । तालिममा खेर गएका कागजलाई सदुपयोग गरि विभिन्न थरिका फुलहरु, गिप्ट कार्य, फ्रेमहरु, चित्रहरु निमार्ण गर्न सिकाईएको तालिमका सहभागिहरुले जनाएका छन् ।
तालिमबाट सिकेका कुराहरुलाई आफ्नो दैनिक जिवनमा कार्यान्वयन गर्नुका साथै समुदायमा रहेका बालबालिकाहरुलाई सिकाउनु पर्ने समान पहुच बिकास केन्द्र डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउनु भयो ।
तालिमको अन्तीम दिन तालिमका सहभागिहरुले कार्य क्षेत्रमा गर्ने कार्यक्रमको योजना निमार्ण गरेका समान पहुच बिकास केन्द्र डोटीले जनाएको छ ।
सिलगढीमा संचालन भएको तालिममा डोटीको आदर्श गाउँपालिका, सायल गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका साथी शिक्षक र संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण केशब राज खनाल र सुनिता शर्माले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *