डोटी ।डोटीको बडीकेदार गाउँपालिकामा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
सामाजिक बिकास कार्यालय दिपायलको सहयोग मोहन्याल दृष्टिबिहीन तथा अपांग सेवा समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदँले पालिकाको समग्र भौतिक पक्षको बिकास हुनुका साथै चेतनाको बिकास हुन आवश्यक रहेकोे बताउनु भयो ।
कार्यक्रमका प्रमुख अथिती समेत रहेका अध्यक्ष साउदँले गाउँ घर टोल छरछिमेकमा रहेका नराम्रा बिकृती बिसंगतीलाई रोक्नका लागि सबैले आफुबाट सुरुवातको प्रयास गर्नुका साथै कुरुतीको अन्य गर्न अभियानको रुपमा अघाडी बढाउन आवश्यक रहेको समेत बताउनु भयो । फरक क्षमता भएका बालबालिकाहरुको समग्र पक्षको बिकास का लागि पालिकाले सधै सहयोग गर्ने समेत अध्यक्ष साउदँले बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी मुलक प्रस्तुती बडीकेदार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खडक धामीले प्रस्तुतीकरण गरेका थिए ।
मोहन्याल दृष्टिबिहीन तथा अपांग सेवा समाजका अध्यक्ष खडक बोहराको अध्यक्षतामा भएको कार्यक्रका सहभागिहरुलाई संस्थाका डबल बहादुर मौनीले स्वागत गरेका थिए । कार्यक्रममा गाउँपालिका अन्तरगत सबै वडाबाट विभिन्न बालक्लबबाट २४ जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया