डोटी ।मौलीक कला संस्कृतीको संरक्षण, संर्वधन तथा प्रचार प्रसार गर्नको लागि बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
दिपायल सिलगढी नगरपालिकाको समन्वयमा सुदूरपश्चिम कला केन्द्र डोटीले डोटी सिलगढी स्थित ईन्द्रचोकमा शनिबार बृहत सास्कृतीक कार्यक्रमको आयोजना गरेको हो ।
मौलीक कला संस्कृतीको संरक्षण तथा सर्वधन गर्नु आम नागरिकको दायीत्व रहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काले बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगर प्रमुख खड्काले डोटीमा थु्रपै ईतिहास बोकेका पर्यटकीय, धार्मिक एवं ऐतिहासीक स्थलहरु रहेका छन् तिनिहरुको संरक्षण गर्न स्थानीय सरकार पछी नहट्ने समेत बताएका थिए ।
लोप हुन लागेको डोटेली कला संस्कृतीको संरक्षण गर्नुका साथै नयाँ पुस्तामा हस्तान्तरण हुन सहयोग पुगोस भन्ने हेतुले बृहत सास्कृतीक कार्यक्रमको आयोजना गरिएको सुदूरपश्चिम कला केन्द्र डोटीका अध्यक्ष प्रीन्स नेपालीले बताए ।
सास्कृतीक कार्यक्रममा स्थानिय मौलिम संस्कृती झल्कीने खालका हुड्केउली, नेवार समुदायको लाखे नाचँ, पुतला नाच, डेउडा खेल, भुवा खेलहरु प्रर्दशन गरिएका थिए ।
कार्यक्रममा जिल्ला स्थित सरकारी, गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधी, जनप्रतिनिधी, स्थानीय बासी, नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।






प्रतिक्रिया