काठमाडौँ। एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो।
विभागले विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चाको मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गर्न सकिने जनाएको छ। माथिका दुई व्यवस्था अनुसार बच्चाको जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्मदर्ता नियमानुसार रद्दगरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता गर्नुपर्ने विभागले जनाएको छ । माथिको अवस्थाबाहेक अन्य अवस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (संशोधनसहित) २०७७ र विभागको यसअघिको परिपत्रअनुसार गर्नुपर्ने भनिएको छ।







प्रतिक्रिया