डोटी: न्यु मिडिया सम्बन्धि दुई दिने क्षमता बिकास तालिम दिपायलमा सम्पन भयको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको आयोजनामा तराईका दुई जिल्ला बाहेक सुदूरपश्चिमका सात पहाडी जिल्लामा रहेका मिडियासंग आवद्ध रहेका पत्रकार हरुलाई समेटीने गरेर तालिम आयोजना गरिएको थियोे । उक्त तालिमकाे प्रशिक्षक उज्जल आचार्य र मनमोहर स्वाँरले गरेका थिय । उक्त कार्यक्रममा बोल्दै पत्रकार महासंग डोटी शाखा अध्यक्ष मोहन शाहीले तालिम तथा सीपज्ञानकाे अभावले पत्रकारहरूले क्षमता प्रस्तुत गर्न नसकेकाे बताए । अबका दिनहरुमा मिडिया क्षेत्रलाई कसरी बलियो र सबल बनाउन सकिन्छ,यो प्रशिक्षण लियर मात्र नभई ब्याबहारमा कसरी उतार्न सकिन्छ भनेर जानकारी दिनुभयो।
समापन कार्यक्रममा बोल्दै पत्रकार महासंघका सुदूरपश्चिमका अध्यक्ष योगेश रावलले न्यू मिडियासम्बन्धी ज्ञान सीप सबै पत्रकारका लागि अावश्यक रहेकाे बताउनु भयाे ।

प्रतिक्रिया