डोटी ।डोटीमा नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ प्रहरी र नगरप्रहरीहरुलाई आपतकालिन उपचार बिधी सम्बन्धी दुई दिने तालिम दिईएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीको सहकार्यमा दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम नेपालले सिलगढीमा तालिमको आयोजना गरेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भयो ।
जिल्लामा अग्रपंक्तिमा रहि काम गर्ने क्षेत्रका ब्यक्तिलाई कुनै पनि ब्यक्ती आपतकालिन अवस्थामा रहे स्वास्थ्य संस्थामा पुर्याउनु भन्दा पहिले गर्न सकिने प्राथमिक उपचार सम्बन्धी विभिन्न विधिहरुको बारेमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरेको समेत प्रजिअ श्रेष्ठले बताईन् ।
तालिममा आकस्मीक आपतकालिन अवस्थामा गरिने प्राथमीक उपचारका बारेमा बृहत रुपमा छलफल गरिएको तालिमका सहजकर्ता ब्राउन युनिभर्सिटी संयुक्त राज्य अमेरिकाका सहायक प्रोफेसर ईमर्जेन्सी रुमका डा.रामु खरेलले बताएका थिए । उनले भने मानब सुरक्षाको अग्रपंक्तिमा रहेका विशेष गरि सुरक्षाकर्मिहरुलाई प्राथमीक उपचारको बारेमा जानकारी गराउदाँ मानब जिवनरक्षाका लागि थप सहजता हुने समेत बताए ।
तालिममा ग्रान्डि ईन्टरनेस्नल हस्पिटल काठमाण्डौका आपतकालीन चिकित्सक प्रमुख डा.कमल थापाले पनि सहजीकरण गरेका थिए । कार्यक्रममा बयलपाटा अस्पतालका निर्देशक डा. मन्दिप पाठक, शिक्षण अस्पालका काठमाण्डौका डा.राजेश पोखरेल लगाएतका विशेषज्ञ टोलीको समेत सहभागिता रहेको थियो ।
मंगलबार सम्पन्न भएको दुई दिने तालिमको संयोजन राष्ट्रिय स्वतन्त्र पार्टी डोटीका जिल्ला संयोजक केशव बलायरले गरेका थिए भने तालिममा नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ, नगर प्रहरी, स्वाथ्यकर्मि गरि ९९ जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया