तिन दिने बन व्यवस्थापन तालिम सम्पन्न

गणेश मौनी
१४ चैत २०७९ १३:५७
तिन दिने बन व्यवस्थापन तालिम सम्पन्न

डोटी । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवराचौतारामा तिन दिने बन ब्यवस्थापन तालिम मंगलबार सम्पन्न भएको छ ।
यूनाइटेड मिसन टू नेपाल संगको साझेदारीमा ग्रामीण समुदाय बिकास केन्द्र (च्ऋम्ऋ) द्धारा संचालित दिगो बातावरणको लागि जलबायु परिवर्तन प्रभाव न्यूनिकरण तथा अनुकुलन परियोजना अन्तरगत तालिमको आयोजना गरिएको थियो ।
तालिममा बनको संरक्षण, सम्बद्र्धन तथा सदुपयोग, वृक्षारोपन, बन डढेलो व्यवस्थापन तथा अग्नी नियन्त्रण, चरिचरण व्यवस्थापन, पानीका श्रोत संरक्षण, प्राकृतिक श्रोतको नियोचित रुपमा बाडफाड, लगाएतका विभिन्न विषय बस्तुहरुमा छलफल गरिएको ग्रामीण समुदाय बिकास केन्द्र डोटीका सब ईन्जीनियर करन बहादुर बिष्टले बताए ।
तालिम अबधीको २ दिनमा विभिन्न विषय बस्तुमा छलफल गरिएको थियो भने एक दिन सामुदायीक बनमा अबलोकन गरिएको समेत ईन्जीनियर बिष्टले बताए
बनको उचित ब्यवस्थापन र संरक्षण गर्न पदाधिकारीहरुको प्रमुख दायीत्व रहेको ग्रामीण समुदाय बिकास केन्द्र (च्ऋम्ऋ) द्धारा संचालित दिगो बातावरणको लागि जलबायु परिवर्तन प्रभाव न्यूनिकरण तथा अनुकुलन परियोजना कार्यक्रम संयोजक सुजन कुमार खत्रीकोले बताए । संयोजक खत्रीले तालिममा सिकेका कुरा ब्यवहारमा कार्यान्वय गर्नुपर्ने समेत बताएका थिए ।
तालिममा झाडी सफाई, एक्लाउने, पत्लाउने, वृक्षारोपण गर्दा अपनाउनु पर्ने नयाँ विषय बस्तुको बारेमा जानकारी भएको तालिमका सहभागिहरुले जनाएका छन् । तिन दिन सम्म संचालन भएको तालिमको सहजिकरण सहजकर्ता जगदिस प्रसाद भट्टले गरेका थिए । भने तालिममा गाउँपालिका अन्तरगत ३ वटा वडाका ८ वटा सामुदायिक वनका १५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *