कांग्रेससंग ५ बर्षअघिको बदला लिए मल्लले

मोहन शाही (डोटी)
७ मंसिर २०७९ १२:५९
कांग्रेससंग ५ बर्षअघिको बदला लिए मल्लले

डोटी/ नेकपा एमालेका उम्मेदवार चक्र मल्लले नेपाली कांग्रेससंग ५ बर्षपछि बदला लिएका छन् । उनले नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्र बहादुर सिंहलाई ४ सय ५० मत अन्तरले पराजीत गरेका छन् ।
नेकपा एमालेका जिल्ला अध्यक्ष चक्र मल्ल ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी भरत बहादुर खड्कासंग पराजित भएका थिए । ५ बर्ष अघि कांग्रेसका खड्कासंगको बदला जेठान सिंहसंग मल्लले लिएका छन् । एमालेका जिल्ला अध्यक्ष मल्ल र कांग्रेसका जिल्ला सभापति सिंह एउटै पालिकाका ज्वाँइ जेठान हुन् ।
०७४ सालमा नेकपा एमालेलाई प्रदेश सभा १ डोटीमा जुन परिस्थितीमा कांग्रेसले हराएको थियो ०७९ मा कांग्रेसलाई त्यस्तै सहज बाताबरण दिएर एमालेले बदला फेरेको छ ।
०७४ मा प्रदेश सभा १ मा एमालेसंगको तीन वटा सहज राजनैतिक परिस्थिती थियो । तीनै परिस्थिती ०७९ मा कांग्रेससंग थियो । ०७४ मा प्रदेश सभा १ अन्र्तगत पर्ने ४ पालिकामा नेकपा एमालेको सरकार थियो । त्यतीमात्र नभएर नेकपा माओवादीसंग गठबन्धन थियो भने प्रतिनिधी सभामा उम्मेदवार बनेका एकिकृत समाजबादीबाट प्रेम बहादुर आले एमालेबाटै लडेका थिए । कठिन परिस्थितीमा रहेको कांग्रेसले एमालेलाई पछार्न सफल भएको थियो ।
०७९ मा ती ४ वटै पालिकामा नेपाली कांग्रेसको सरकार छ र नेकपा माओवादी केन्द्र लगायत अन्य दलसंग गठबन्धन छ । कांग्रेससंग मिलेर एकिकृत समाजबादीका उनै प्रेम आले कांग्रेसको साथमा छन् । तर पनि कांग्रेसका जिल्ला सभापति नरेन्द्र बहादुर सिंहलाई मल्लले पराजित गरेर ५ बर्षअघिको बदला लिए ।

३३ हजार ३ सय २२ मत खसेकोमा मल्लले १५ हजार २ सय ७९ मत पाएका थिए भने सिंहले १४ हजार ८ सय २९ मत ल्याएका थिए । ४ उम्मेदवार रहेको प्रदेश सभा १ मा राप्रपाका नेत्र नाथले ७ सय ५५ तथा हाम्रो पार्टी नेपालका शैलेन्द्र खड्काले ५ सय ४० मत ल्याएका थिए । एक हजार ९ सय १९ मत भने बदर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *