एशियन लाईफ डोटी शाखाद्धारा मृत्यु दावीको चेक हस्तान्त्रण

पाँजलो न्युज
२३ माघ २०७९ १०:०२
एशियन लाईफ डोटी शाखाद्धारा मृत्यु दावीको चेक हस्तान्त्रण
      • डोटी, एसियन लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेड दिपायल शाखाले आईतवार मृत्यु दावीको चेक हस्तान्त्रण गरेको छ ।  स्व. अंश कठायतका वुबा   भक्त बहादुर कठायतलाई मृत्यु दाबीको चेक हस्तान्त्रण गरेको हो ।

दिपायल शाखाका प्रबन्धक नवराज पण्डितका  अनुसार कम्पनीको नियमले पाउनु पर्ने सुबिधा वाफतको  उनलाई रू ३ लाख ४४ हजार रूपैयाँको चेक हस्तान्तरण गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काले चेक हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रममा बोल्दै प्रमुख अतिथिले खड्काले भने मानिसले आफ्नो सुरक्षाका लागी सबैले जिवन बिमा गर्नु आवश्यक रहेको र आजै बाट हामी सबैले आफ्ना घर परिवारका सम्पुर्ण सदस्यहरुले जिवन बिमा गर्नु पर्नेमा जोड  दिनु भएको थियो ।

स्व कठायतले २०७५ सालमा ३ लाखको बिमा गरेको थियो भने उनले ३ किस्ता मात्रै कम्पनीलाई बुझाएका थिए, जस्मा ६० हजार मात्रै जम्मा गरेको दिपायल शाखाका शाखा प्रबन्धक नवराज पण्डितले बताए ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष नारायण साउँदले भने, एशियन लाईफ ईन्स्योरेन्सले मृत्यु दावी वाफतको रकम समय मै दिएकोमा खुसी व्यक्त गरे ।

एशियन लाईफ डोटीमा सबै भन्दा पहिले स्थापना भएको हो भने  यसमा अहिले सम्म डोटी बाट मात्रै २५ हजार बढीले जिवन बिमा गरेको पण्डितले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *