शिखरका महिलाहरुको आवाज

महिला सशक्तिकरणको लागि महिला नै एक जुट हुन आवश्यक

पाँजलो न्युज
२० माघ २०७९ १३:५४
महिला सशक्तिकरणको लागि महिला नै एक जुट हुन आवश्यक

(डोटी)लैगिंक विभेदको मूल कारकतत्त्व मध्य महिला प्नमुख  रहेकाे निष्कर्ष निकाल्दै शिखर नगरपालिकाका महिलाहरूले त्यसविरुद्ध एक जुट हुनुपर्नेमा जोड दिएका छन् ।
शिखर नगरपालिकाको सहयोगमा शिखर महिला सञ्जालले शुक्रबार आयोजना गरेको महिलासँग उपमेयर अन्तर्रगतको महिला सशक्तीकरण सम्बन्धी अन्तरक्रियामा सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । अन्तरक्रिया कार्यक्रमका सहभागिताबाट महिला अघि सर्दा विभिन्न लाञ्छना लगाउने, रुढीवादी कुसंस्कार अपनाउन बाध्य पार्ने तथा सामाजिक रुपमा हतोत्साहित गर्ने प्रवृत्ति महिलाबाटै हुने गरेको गुनासो आएको नगर उपप्रमुख सुनिता रावल जोराले बताइन् । उप प्रमुख जोराले अन्तरक्रियामा आएका गुनासोहरू निरुत्साहित गर्न नगरपालिकाले ठोस योजना निर्माण गरी महिलाको सशक्तीकरण तथा आत्मनिर्भर गर्ने क्रियाकलाप अघि बढाउने प्रतिबद्धता गरिन् । 


कार्यक्रममा उप प्रमुख सुनिता रावल जोरा प्रमुख
अतिथि रहेकी थिइन् । पूर्व नगर उप प्रमुख धौलीदेवी रावल विशिष्ट अतिथि रहेकी थिइन । उनले महिलाहरूको जागरणका लागि नगरपालिका र सङ्घसंस्थाहरूको एकीकृत पहल हुन आवश्यक रहेको सुझाव दिइन् । आफू प्रौढ पढेर पनि जीवनका विभिन्न उतारचढावबाट समाजलाई नियाल्न पाएको अनुभव सुनाउँदै पूर्व उपप्रमुख रावलले महिलाहरू एक जुट हुन आवश्यक रहेको कुरामा जोड दिइन् ।
नगरपालिकाकी प्राविधिक सहायक रोजी सिंहले सहजीकरण गरेको सो कार्यक्रमको सभापतित्व संजालकी अध्यक्ष आशा वि.कले गरेकी थिइन् । प्राविधिक सहायक सिंहले लैगिंक विभेदको अन्त्य तत्कालै निर्मूल गर्न नसकेपनि परिवार तथा समाजमा उदाहरणका रुपमा प्रस्तुत हुन आफ्ना सन्ततीहरुमाथिको सकारात्मक व्यवहारबाट सम्भव हुने बताइन् । ‘ महिलाहरु स्वयम् एकजुट भएर सन्तानहरुमा समान व्यवहार ग¥यौं भने लैगिंक विभेद गर्न सम्भव छ’, सिंहले भनिन् ।   

रुढीवादी संस्कार, मदिराको विकृति, गरिबी तथा अशिक्षाका कारण महिलामाथि विभेद दिनहुँ बढ्दै गएपनि त्यसविरुद्ध लड्न महिलाहरु एक जुट हुन नसकेको शिखर नगरपालिका २ की कल्पना बोगटीले आरोप लगाइन् । ‘ सासुहरु हामीले विगतमा जितारो पिनेर , ढिकि कुटेर पनि जीवन गुजारेको भन्दै मीलमा कुटानी पिसानी गरेको भन्दै बुहारीहरूमाथि अनेक लाञ्छना लगाउनु हुन्छ’, अन्तरक्रिया कार्यक्रममा बोगटीले भनिन्, ‘हामी पनि महिलाकै आलोचना गरेर दिन बिताउँछौ, यसले हामीमाथि अन्याय बढेको छ ।’
वडा नं. ४ की पुष्पा मल्लले महिनावारी भएका बेला आराम गर्नुपर्ने बेला झन् बढी घरायसी कामको बोझ बढ्ने गरेको गुनासो गरिन् । यस्ता कुरामा पुरुषभन्दा महिला नै बढी दोषी रहेको मल्लको तर्क छ । वडा नं. ८ की मेनिका शाहीले पछिल्लो समय सानै उमेरमा भइरहेको भागी विवाहले विभिन्न समस्याहरू निम्त्याउदै गएको औंल्याइन् । उनले घरपरिवारको माया नपाएर कलिलो उमेरमा अरुको बढी विश्वास लाग्छ’, शाहीले भनिन्, ‘तर त्यही केटा पछि गएर कुलतमा फस्ने, सासुससुराबाट लाञ्छना र विभेदको सिकार हुनुपर्छ तसर्थ समयमै सचेत हुनु जरुरी छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *