डोटी/ डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका २ अन्तर्गत देवी माध्यमिक बिद्यालय खातिवडाको ६३ औं वार्षिकोत्सब समारोह कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार बिद्यालयको प्राङ्गणमा विभिन्न कार्यक्रमका साथ वार्षिकोत्सब समारोह समापन गरेको छ । बिधालय खोल्न योगदान पुर्याउनु भएका ब्याक्तित्वहरूलाई बिद्यालयले खादा,माला,प्रसंसापत्रले सम्मान गरेको थियोे । वार्षिकोत्सब समारोहमा राष्ट्रिय कलाकार भुवन प्रसाद दाहाल स्थानीय कलाकार हरिसुदामा जैशी, नवराज दाहाल हरूको बेजोड प्रस्तुतिका साथै बिद्यार्थीहरूका सांस्कृतिक कार्यक्रमहरू पनि गरिएका थिए
। देवी माविमा प्लस टु खोल्नका लागि आर्थिक सहयोग उपलब्ध गराउने डोटीका स्थानीयतहरूलाई र व्याक्तिगत सहयोग गर्नेहरूलाई समेत समारोहमा खादा,माला,प्रसंसापत्रले सम्मान गरिएको थियो
। सो समारोहमा बिद्यालयको आर्थिक अवस्था सुधार गर्नका निम्ति शिखर नगरपालिकाका उप- प्रमुख सुनिता रावलले १ लाख ५ हजार
, देवी माविका पुर्व शिक्षक टेक बहादुर कठायतले रू ३० हजार १ सय, देवी माविका पुर्व बिद्यार्थी तथा सेती प्राविधिक शिक्षालयका डोटीका प्रशिक्षक तिर्थ राज अवस्थीले रू ५१ हजार
त्यसैगरी सायल गाउँपालिका ६ नम्बरका वडा अध्यक्ष दिपक बहादुर साउदले रू १० हजार ५ सय बिद्यालयलाई प्रदान गर्ने सो कार्यक्रम मार्फत बताएका छन्
। बिद्यालयको आर्थिक,भौतिक,तथा शैक्षिक गुणस्तर बढाउनका लागि अभिभावक,शिक्षक तथा सरोकारवालाहरूको उत्तिकै महत्त्वपूर्ण भुमिका हुन्छ त्यसैले यो विषयमा सबैले चिन्ताजनक हुनुपर्ने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख तथा समारोह कार्यक्रमका प्रमुख अतिथि बाजि सिं खड्काले बताएका छन् । उनले बालबालिकाहरूको भविष्य सर्वप्रथम त अभिभावकको हातमा हुन्छ जब अभिभावकहरूले बालबालिकाहरू प्रति लगानी लगाउछन् त्यति नै सफलता मिल्ने गर्छ र अभिभावकले बालबालिकाहरूको भविष्यप्रति चिन्तित हुनुपर्छ नगर प्रमुख खड्काले बताए । बिद्यालयको विकासका निम्ति कहिल्यै पनि पछाडि नपर्ने वडाबाट होस् वा व्याक्तिगत होस् निरन्तर अगाडि बढ्ने दिपायल सिलगढी नगरपालिका २ नम्बरका वडा अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए । उनले सो बिकासका निम्ति सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने समेत आग्रह गरेका छन् । वार्षिकोत्सब समारोहका बिच विगत लामो समयदेखि शिक्षण पेसा गर्दे आएका देवी माविका पुर्व शिक्षक टेक बहादुर कठायतको बिदाई कार्यक्रम गरिएको देवी माध्यमिक बिद्यालय खातिवडाका प्रधानाध्यापक केशव खनालले बताएका छन्
। वार्षिकोत्सब समारोहमा दिसिनपाका नगर प्रमुख,शिखर नपाका उप प्रमुख,आदर्श गापाका अध्यक्ष,दिसिनपा २ का वडा अध्यक्ष,सायल गापा ६ का वडा अध्यक्ष, दिसिनपा शिक्षा शाखाका स्रोत ब्याक्ती,स्वास्थ्य शाखा प्रमुख, बिद्यालयमा सहयोग गर्ने सहयोगी दाताहरू,संस्थाहरू प्रतिनिधि ,बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष,सेती प्राबिधिक शिक्षालयका प्रशिक्षक,सरोकारवाला निकाय,अभिभावकहरू, राष्ट्रिय तथा स्थानीय कलाकारहरू पत्रकार लगायतको बाक्लो उपस्थितिका साथ वार्षिकोत्सब समारोह कार्यक्रम सम्पन्न भएको प्रअ खनालले जानकारी गराएका छन् ।
प्रतिक्रिया