डोटीमा ५१.१७ मत खस्यो

पाँजलो न्युज
४ मंसिर २०७९ १४:५९
डोटीमा ५१.१७ मत खस्यो
स्रोत : जिल्ला प्रहरी कार्यालय डोटी

डोटी / डोटीमा कुल मतदातामध्य ५१.१७ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको सूचना अनुसार जम्मा मतदाता १ लाख २५ हजार १ सय ७५ मा ६४ हजार ५८ मत खसेको छ । डोटीमा ३ सय ५ अस्थाइ मतदाता रहेका छन् ।
आदर्श गाउँपालिकामा १४ हजार ७ सय ३६ मध्य ७ हजार ८ सय १७, केआईसिंह गाउँपालिकामा १३ हजार ८५ मध्य ६ हजार ५ सय ९५, जोरायल गाउँपालिकामा १३ हजार ४ यि ३५ मध्य ७ हजार ८ सय, दिपायल सिलगढी नगरपालिकामा १९ हजार ३ सय ५७ मध्य ८ हजार ९ सय ८६, पूर्वीचौकी गाउँपालिकामा १३ हजार १ सय ३७ मध्य ६ हजार ८२, बडीकेदार गाउँपालिकामा ९ हजार ३ सय ३२ मध्य ५ हजार २ सय ८६, बोगटान फुडसिल गाउँपालिकामा १० हजार ८९ मध्य ५ हजार ५ सय १४, शिखर नगरपालिकामा २१ हजार ६ मतमध्य १० हजार ३ सय १६ र सायल गाउँपालिकामा १० हजार ९ सय ६८मध्य ५ हजार ६ सय ६२ मत खसेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *