वायलमा आजवाट राष्ट्रिय परिचयपत्र शिविर सुरू

पाँजलो न्युज
५ भदौ २०८२ ३:२४
वायलमा आजवाट राष्ट्रिय परिचयपत्र शिविर सुरू

डाेटी । के.आई.सिंह गाउँपालिकामा राष्ट्रिय परिचय पत्र शिविर आजवाट(बिहिवार) सुरू भएकाे छ ।

तीन दिनसम्म जिल्ला प्रशासन कार्यालय डोटीसँगको सहकार्यमा राष्ट्रिय परिचय पत्र शिविर सञ्चालन हुन लागेको हो ।

के.आई.सिंह गाउँपालिकाका सूचना अधिकारी पुष्पराज भट्टका अनुसार विहानैवाट राष्ट्रिय परिचय बनाउने तथा सच्याउने सेवाग्राहीहरू वायलमा लामवद्व भएर सेवा लिन सुरू भईसकेकाेे छ ।

आज भदौ ५ गते वडा नम्बर ३, ४ र ५ का नागरिकका लागि गाउँपालिकाको कार्यालय वायलमा टाेलि खटिएकाे छ ।

भाेली भदौ ६ गते वडा नम्बर १ र २ का नागरिकका लागि गाउँपालिकाको कार्यालय वायल र ७ गते वडा नम्बर ६ र ७ का लागि नागरिकका लागि वडा नम्बर ७ को वडा कार्यालय भुमिराजमाण्डौमा राष्ट्रिय परिचय पत्र सञ्चालन हुने छ ।

प्रत्येक दिन बिहान ८ बजेपछि राष्ट्रिय परिचय पत्र बनाउने कार्य सुरु हुने गाउँपालिका अध्यक्ष लाेकेन्द्र बहादुर शाहीले बताए ।

 

यसअघि राष्ट्रिय परिचय पत्र बनाउन छुटेका नागरिकलाई लक्षित गरी शिविर तय गरिएको हो ।

परिचय पत्र बनेपछि स्थानीय बासिन्दाले सामाजिक सुरक्षा भत्ता, सरकारी सेवासम्बन्धी कामकाज र अन्य गतिविधिमा सहज हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *