डोटीमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ

पाँजलो न्युज
१३ जेठ २०८२ १२:४२
डोटीमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ

बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका – ८ सनडाका ६१ वर्षीय च्यामे भनी चिनिने गंगाराम कोली पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कोलीले ०८१ फागुन १४ गते राति ११ बजेको समयमा नारीदाङ स्थित शिवरात्री मेला हेर्न गएकी १४ वर्षीया बालिका माथि बलात्कार गरेको आरोप लागेको छ । घटना केही महिना अघिको भए पनि पीडित बालिकाकी आमाले जेठ ११ गते मात्रै प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीमा उजुरी परेको थाहा पाए पछि आरोपित कोली भागेर भारत जान लागेका थिए । उनलाई प्रहरीले कञ्चनपुर स्थित गड्डाचौकी नाकाबाट पक्राउ गरेको छ । सोमबार बिहान पक्राउ परेका कोलीलाई आजै डोटी ल्याइँने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *